Logo

बैंकमा लगानीयोग्य रकम बढ्दै, ५३ खर्ब पुग्यो निक्षेप

बैंकमा लगानीयोग्य रकम बढ्दै, ५३ खर्ब पुग्यो निक्षेप



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब पुगेको हो ।

गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL