Logo

नारीको सम्मानमा ‘नारी बचत खाता’ : बचतसँगै सम्मान, सुविधा र सुनिश्चितताको ग्यारेन्टी

नारीको सम्मानमा ‘नारी बचत खाता’ : बचतसँगै सम्मान, सुविधा र सुनिश्चितताको ग्यारेन्टी



काठमाडौं । सहज जीवन र सुन्दर भविष्यका लागि बचत सबैको चाहना हुन्छ । तर, बचत सबैले चाहेअनुसार गर्न सक्दैनन् र बचत कसरी गर्ने भन्ने उपयुक्त उपाय पहिल्याउन सक्दैनन् । नेपाली समाजमा प्राय बचतको जिम्मेवारी घरमा रहेका महिलाहरुले निर्वाह गरिरहेका हुन्छन् । विगतदेखि वर्तमानसम्म आइपुग्दा बचत गर्ने परिपाटीमा परिवर्तन आएपनि बचतका लागि अहिले पनि महिलाहरु नै बढी चिन्तित र जागरुक रहेको देखिन्छ ।

पछिल्लो समय बैंकिङ पहुँच बढ्दै जाँदा शहरदेखि गाउँसम्म बैंकमा बचत गर्नेहरुको संख्या बढ्दै गएको छ । अझ बैंकमा बचत गर्नेहरुले उपयुक्त बैंकसँगै बैंकले दिने ब्याजको दर, सेवा सुविधा र आफुलाई सहज हुनेगरि आफुसँग भएको पूँजी बचत गर्दछन । बैंकहरुले पनि निक्षेपकर्तालाई आकर्षित गर्नकै लागि बालबालिका, नारी, वृद्ध, कर्मचारीलगायतमा वर्गीकरण गरी सोहीअनुसारका खाता योजनाहरु सञ्चालन गर्दै आएका छन् ।

बचतका लागि महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर नेपाली बैंकिङ क्षेत्रमा सबल बैंकको रुपमा स्थापित भएको सनराइज बैंकले नारीलाई सम्मान, सुविधा र सुनिश्चितताको ग्यारेन्टीसहितको ‘नारी बचत खाता’ सञ्चालन गरिरहेको छ ।
यसरी धेरै सेवा सुविधा, आकर्षक ब्याजदर र आफ्नो सुरक्षा पनि खोज्ने नारी निक्षेपकर्ताहरुका लागि भने सनराइज बैंकको ‘नारी बचत खाता’ उत्कृष्ट विकल्प हुन सक्छ ।

सनराइज बैंकले केहि बर्षदेखि विभिन्न सेवा सुविधासहितको नारी बचत खाता संचालनमा ल्याएको छ । तर, पछिल्लो अवधिमा भने नेपाली नारीहरुलाई बचतमा बानी पार्न र उनहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै केहि सुविधा भने थप गरेको छ । पछिल्लो समय थपेका सुविधा र साविककै सुविधाका कारण यो बचत खाता योजना अन्य मुद्दती निक्षेप खाताभन्दा पनि उत्कृष्ट छ ।

जस्तो कुनै बैंकले मुद्दती खातामा १ लाख रुपैँयाको बार्षिक करिब १२ हजार रुपैँया ब्याज दिन्छ भने बचतकर्ताले १ बर्षमा करिब १२ हजार ब्याज र सावाँबाहेक केही पाउँदैनन् । तर, नारी बचत खातामा त्यही रु १ लाख राख्यो भने वार्षिक ७.१३३ प्रतिशत ब्याजका साथै स्वास्थ्य बिमा अन्तर्गत रु २५,००० (रु १ लाखको औसत कारोबारको २५ प्रतिशत) प्रतिफल पाउन सक्नु हुनेछ ।
उपचार भईसकेपछि बिल नजिकको शाखा कार्यालयमा बुझाएर मेडिकल वापतको खर्च सजिलै दावी गर्न सकिने छ ।

के के छन् सुविधा ?


घातक रोग खर्च
पछिल्लो समय नारीहरुमा बढ्दै गएको स्तन तथा पाठेघर क्यान्सरको पहिलो पटक उपचारको लागि बैंकले रु ५ लाख सम्मको उपचार खर्च दिनेछ । स्तन तथा पाठेघर मात्रै नभई बैंकले अन्य १८वटा धातकरोग लाग्दापनि रु ५,००,००० सम्म अथवा वार्षिक औसत कारोबारको १० गुणा (दुई मध्य जुन कम हुन्छ) सम्मको घातक रोग उपचार खर्च दिन्छ । यसका लागि ग्राहकहरुले रोग पहिचान भएको प्रमाण बैकमा पेश गर्नुपर्नेछ ।

१ लाख सम्म उपचार खर्च
ग्राहकहरुले स्वास्थ्य विमा अन्तर्गत बर्षमा ३ पटकसम्म रु १ लाख नबढ्ने गरीे उपचार खर्च दाबी गर्न सक्नेछन् जस्मा ओपीडी सेवा वापत रु २० हजार र उपचार खर्च वापत रु ८० हजार रुपैयाँसम्म दावी गर्न सकिने छ । सो सुबिधाका लागि खातामा न्युनतम ब्यालेनस तोकिएको छैन, एक वर्षमा गरिएको बचतको वार्षिक औसत हिसाब गरेर त्यसको २५ प्रतिशतसम्म दिने बैंकले जनाएको छ । यसको सुविधा भने नेपालभरका जुनसुकै अस्पताल, भारतका ७० र सिंगापुर र थाइल्याण्डका केही अस्पतालमा समेत उपचार गरेको आधारमा रकम दावी गर्न सकिन्छ ।

आकर्षक ब्याजदर
यो खातामा पैसा राखेवापत बचतकर्ताले वार्षिक ७.१३३ प्रतिशतका दरले ब्याज पाउने छ ।

प्रसुति खर्च
महिलाहरुले स्वास्थ्य बिमा अन्तर्गत रु १०,००० सम्मको प्रसुति खर्च पाउने छन् ।

५ लाखसम्मको दुर्घटना बीमा
यस्तै यो बचतखातामा दुर्घटना बीमासमेत उपलब्ध हुन्छ । यो सुविधा पनि अधिकतम ५ लाख रुपैयाँसम्म पाइन्छ । यो सुविधामा दुर्घटना हुनुको अघिल्लो दिन बचतकर्ताको खातामा जम्मा नगदको ४ गुणा वा ५ लाख रुपैयाँ जुन कम हुन्छ त्यो रकम बैंकले खातावाहकलाई उपलब्ध गराउँछ । सामान्य खाता खोलेजस्तै न्युनतम निक्षेपविनै खोल्न मिल्ने यो खाता बैंकले खासगरी नारीको सम्मानका लागि संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL