Logo

आयल निगममा जागिरको अवसर, एकैपटक ६० जनाका लागि आवेदन माग

आयल निगममा जागिरको अवसर, एकैपटक ६० जनाका लागि आवेदन माग



काठमाडौं । नेपाल आयल निगमले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । शुक्रबार गोरखापत्रमा एक सूचना सार्वजनिक गर्दै निगमले विभिन्न पदका लागि ६० जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।

laxmi

निगमले आठौं तहका लागि ५ जना, सातौ तह अर्थात सिए पदमा १ जना, तह ६ प्रशासनतर्फका लागि ७ जना तथा लेखातर्फ ७ जना, प्राविधिकतर्फ ८ जना, तह पाँचौको प्रशासन र लेखातर्फ क्रमशः २ र ३ जना तथा प्राविधिकतर्फ ३ जना माग गरेको छ ।

यस्तै निगमले तह ४ का लागि ६ जना र तहविहिनमा १७ जनाका लागि आवेदन माग गरेको हो ।

सूचना अनुसार २१ दिनभित्र दरखास्त दिनु पर्नेछ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL