Logo

भारतीय कम्पनी एनएचपीसीले पायो सर्भे लाइसेन्स, पश्चिम सेतीको अध्ययन अघि बढ्ने

भारतीय कम्पनी एनएचपीसीले पायो सर्भे लाइसेन्स, पश्चिम सेतीको अध्ययन अघि बढ्ने



काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसीले नेपालबाट सर्भे लाइसेन्स पाएको छ । बिहीबार एक कार्यक्रमका बीच लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले उक्त लाइसेन्स एनएचपीसीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त सर्भे लाइसेन्स भारतीय कम्पनी एनएचपीसीका डिजीएम अशोक जोशीले ग्रहण गरेका छन् ।

कम्पनीले सर्भे अनुमति पाएको ३ महिनाभित्र ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको स्थापना प्रतिवेदन पेश गर्नुपर्नेछ । यस्तै स्थापना प्रतिवेदन पेश गरेको २१ महिनाभित्र आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन बुझाउनुपर्ने छ । यसअघि एनएचपीसीसँग पश्चिम सेती आयोजना विकासका लागि सम्झौता भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL