Logo

धनीको सूचीमा अडानीको छलाङ : बेजोसलाई पछि पार्दै, एलोन मस्कको कुर्सी पनि खतरामा !

धनीको सूचीमा अडानीको छलाङ : बेजोसलाई पछि पार्दै, एलोन मस्कको कुर्सी पनि खतरामा !



काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति तथा भारतका दिग्गज व्यापारी गौतम अडानीको आम्दानी तीव्र गतिमा बढिरहेको छ । पहिले मुकेश अम्बानी र त्यसपछि वारेन बफेट, बिल गेट्सलाई पछि पार्दै अर्बपतिको सूचीमा तेश्रो स्थानमा पुगेका गौतम अडानीको नजर अब अमेजन प्रमुख जेफ बेजोस र टेस्ला मालिक एलोन मस्कको कुर्सीमा छ । आगामी दिनमा अर्बपतिको सूचीमा गौतम अडानीले जेफ बेजोसलाई पछि पार्न सक्ने आँकलन गरिएको छ । अडानी समूहका सूचीबद्ध कम्पनीहरूले सन् २०२२ मा अहिलेसम्म उत्कृष्ट प्रतिफल दिएका छन् ।

laxmi

गौतम अडानीको नेटवर्थ निकै तीव्र बढिरहेको छ

यस वर्ष विश्वका धेरै अर्बपतिहरूको सम्पत्तिमा गिरावट आएको देखिए पनि अडानीको कुल सम्पत्ति दोब्बरभन्दा बढी भएको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति यस वर्ष ६४.८ बिलियन डलरबाट १४१ बिलियन डलर नाघेको छ । गौतम अडानीको सम्पत्ति द्रुत गतिमा बढ्नुको कारण तेल र प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धि हो । विश्वव्यापी रूपमा धेरै परिसूचकहरूमा गिरावट आए पनि ऊर्जा सूचकांकले सन् २०२२ मा ३६ प्रतिशत प्रतिफल दिएको छ । यो गौतम अडानीको आम्दानीको ठूलो स्रोत हो ।

अडानी समूहका कम्पनीहरूले सेयर बजारमा ७५० गुणासम्म रिटर्न दिएका छन्

अदानी समूहका सबै सूचीबद्ध कम्पनीहरूले सेयर बजारमा राम्रो पतिफल दिइरहेका छन् । अडानी ग्रीन एनर्जी, अडानी टोटल ग्यासले ७५० गुणा रिटर्न दिएका छन् । योसँगै अडानी ट्रान्समिसन स्टकमा सट्टेबाजी गर्ने लगानीकर्ताले ४०० गुणा प्रतिफल पाएका छन् । अडानी समूहका सबै स्टक पोजिसनले लगानीकर्तालाई दोब्बरभन्दा बढी प्रतिफल दिएको छ ।

“पहिले मुकेश अम्बानी र त्यसपछि वारेन बफेट, बिल गेट्सलाई पछि पार्दै अर्बपतिको सूचीमा तेश्रो स्थानमा पुगेका गौतम अडानीको नजर अब अमेजन प्रमुख जेफ बेजोस र टेस्ला मालिक एलोन मस्कको कुर्सीमा छ”

टेस्ला र अमेजन स्टकहरूको मूल्य–देखि–कमाई अनुपात १०० गुणा मात्र छ । यसमा मुकेश अम्बानीका कम्पनीको आम्दानी २८ गुणामात्र छ । जुन अडानीको तुलनामा निकै कम हो । ँ सन् २०२२ देखि सेन्सेक्स ४४ प्रतिशत बढेको छ भने अडानी समूहका कम्पनीहरूले १००० प्रतिशत रिटर्न दिएका छन् । यही गतिमा अडानीको नेटवर्थ वृद्धि हुँदै गए अडानी चाँडै विश्वका धनीको सूचीमा पहिलो स्थानमा उक्लिने विश्लेषकह्रुले अनुमान गरेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL