Logo

चन्द्रागिरी केबुलकारको सञ्चालन समय थप, साउन १ देखि बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने

चन्द्रागिरी केबुलकारको सञ्चालन समय थप, साउन १ देखि बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने



काठमाडौं । चन्द्रागिरी केबुलकारले आफ्नो सञ्चालन समय थप गरेको छ । चन्द्रागिरि केबलकार भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि साउन १ गतेदेखि केबुलकारले सञचालन समय थप गरेको हो ।

laxmi

अब साउन १ गतेदेखि केबुलकार बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालनमा रहनेछ । यस्तै दिउँसो १२ देखि १ बजेसम्म र बेलुकी ५ः३० देखि ६ः१५ समम भने विश्रामका लागि केबुलकार बन्द रहनेछ ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारतलगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् ।

कम्पनीकले चन्द्रागिरि हिल्समा जिपलाइनसमेत सञ्चालन गरिरहेको छ । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थलका रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL