Logo

रस्साकस्सीबीच हिमालयनले गर्यो सिभिललाई प्राप्ती, चुक्ता पुँजी २२ अर्ब

रस्साकस्सीबीच हिमालयनले गर्यो सिभिललाई प्राप्ती, चुक्ता पुँजी २२ अर्ब



काठमाडौं । लामो समयको रस्साकस्सीबीच हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ती गरेको छ । सिभिल बैंकले अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत सबै छोड्दा पनि हिमालयनले कर्मचारी समायोजनमा चलाखी गरेपछि उक्त सम्झौता भाडिने स्थितीमा पुगेको थियो । तर सिभिलका सिईओलाई डेपुटी सिइओको साथै अन्य कर्मचारी समेतलाई सम्मानजनक समायोजन गरेपनि अन्तमा सम्झौता भएको हो ।

याक एण्ड यतिमा होटलमा भएको एक कार्यक्रमबीच दुई बैंकबीच मर्जर तथा एक्विजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुरुप हिमालयन र सिभिल बैंकबीच सेयर स्वाप अनुपात १००ः८१ हुनेछ ।

दुई बैंक एक आपसमा गाभिएसँगै बैंकको नाम हिमालयनै रहने छ भने अध्यक्ष र सीईओ पनि हिमालयनकै रहने छ । सेयर स्वाप अनुपत अनुसार हिमालयनले सिभिललाई प्राप्ती गरेसँगै चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL