Logo

अब भारतीय रुपैयाँमा अन्तर्राष्ट्रिय व्यापार सेटलमेन्ट हुने : आरबीआईले ल्यायो नयाँ प्रणाली, डलरमाथिको निर्भरता घट्ने

अब भारतीय रुपैयाँमा अन्तर्राष्ट्रिय व्यापार सेटलमेन्ट हुने : आरबीआईले ल्यायो नयाँ प्रणाली, डलरमाथिको निर्भरता घट्ने



काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतीय रुपैयाँमा अन्तर्राष्ट्रिय व्यापार सेटलमेन्टको लागि एक संयन्त्र ल्याएको छ । आरबीआईले सोमबार यस सम्बन्धमा बैंकहरूलाई निर्देशन दिएको छ । भारतीय मुद्रामा आयात र निकासीको व्यवस्था गर्न बैंकहरूले थप व्यवस्था गर्नुपर्ने आरबीआईले जनाएको छ ।

laxmi

विश्व व्यापार समुदायको बढ्दो चासोलाई ध्यानमा राख्दै आरबीआईले यो कदम चालेको हो । रिजर्भ बैंकले एक परिपत्रमा भनेको छ कि यो व्यवस्था लागू गर्नु अघि बैंकहरूले आफ्नो विदेशी विनिमय विभागको पूर्व स्वीकृति लिनुपर्नेछ ।

आरबीआईले भनेको छ, ‘भारतबाट निर्यात बढाउन र भारतीय रुपैयाँमा विश्वव्यापी व्यापार समुदायको बढ्दो चासोलाई ध्यानमा राखेर यो कदम चालिएको हो । विश्वव्यापी व्यापार बढाउनका लागि रुपैयाँमा बिल उत्पादन, भुक्तानी र आयात÷निर्यातको स्थापनाका लागि थप व्यवस्था मिलाउने निर्णय भएको छ ।’

परिपत्रअनुसार व्यापार सम्झौताका लागि सम्बन्धित बैंकले साझेदार व्यापार गर्ने देशको एजेन्ट बैंकको विशेष रुपैया भोस्ट्रो खाता चाहिनेछ । केन्द्रीय बैंकले उल्लेख गरेको छ, ‘यो व्यवस्थामार्फत भारतीय आयातकर्ताहरूले विदेशी विक्रेता वा आपूर्तिकर्ताबाट वस्तु वा सेवाको आपूर्तिको लागि बिजक वा बिलमा भारतीय रुपैयाँमा तिर्नुपर्नेछ ।’ त्यो देशको एजेन्ट बैंकको विशेष भोस्ट्रो खातामा जम्मा गरिनेछ ।

त्यसैगरी देशको तोकिएको बैंकको तोकिएको भोस्ट्रो खातामा जम्मा भएको रकमबाट विदेशमा वस्तु वा सेवा आपूर्ति गर्ने निर्यातकर्ताहरूलाई भारतीय रुपैयाँमा अग्रिम भुक्तानी दिइनेछ । यो व्यवस्थासँगै भारतीय निर्यातकर्ताले विदेशी आयातकर्ताबाट पनि रुपैयाँमा अग्रिम भुक्तानी लिन सक्नेछन् । भारतले सान् १९४५ देखि हालसम्म अमेरिकी डलरमामात्र अन्तराष्ट्रिय व्यापार गर्दै आएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL