Logo

नेप्सेमा १ दिन पनि टिकेन उच्च अंकको वृद्धि, कारोबार रकममा पनि गिरावट

नेप्सेमा १ दिन पनि टिकेन उच्च अंकको वृद्धि, कारोबार रकममा पनि गिरावट



काठमाडौं । लामो समयपछि आईतबार उच्च अंकले बढेको नेप्सेको वृद्धि एकदिन पनि टिक्न सकेन । सोमबार बजार खुलेदेखिनै उतारचढाव आएको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ ।

आईतबारको बजार बढाईले धेरैजसो लगानीकर्ताले अबका दिनमा बजारले गति लिने अपेक्षा गरेपनि ठिक त्यसको विपरित सोमबार नेप्से २३.८५ अंकले ओरालो लागेको छ । घट्दो बजारमा कारोबार रकमले पनि साथ छाडेको छ । आईतबारको तुलनामा सोमबार कारोबार रकममा १५ करोडले गिरावट आउँदै २ अर्ब रुपैयाँमै सिमित भएको छ ।

सोमबार बजारमा इन्भेष्टमेन्ट र जीवन बीमा बाहेक सबै समुहको परिसुचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक ३.५१ प्रतिशतले घटेको छ भने जलविद्युत समुह २.७५, होटल तथा टुरिजम २.७२, अतिरिक्त समुह २.६१ र व्यापार समुहको परिसुचकमा २ प्रतिशतले गिरावट आएको छ । यसैगरी बजारमा फाईनान्स, लघुवित्त र निर्जीवन बीमा समुहको परिसुचकमा पनि सोहीअनुरुप गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL