Logo

नेपाल र भुटानबीच व्यापार वार्ता, प्रस्तावित व्यापार सम्झौताको मस्यौदामाथि छलफल

नेपाल र भुटानबीच व्यापार वार्ता, प्रस्तावित व्यापार सम्झौताको मस्यौदामाथि छलफल



काठमाडौं । नेपाल भुटानबीच सहसचिव स्तरिय चौथो व्यापार वार्ता सम्पन्न भएको छ । सोमबार भर्चुअल माध्यमबाट नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मी र भुटानको आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सोनाम तेन्जिङबीच व्यापार वार्ता भएको हो ।

बैठकमा नेपाल भुटानबीचका व्यापार सम्झौता एवं आपसी सहयोगका विविध विषयमा छलफल भएको थियो । छलफलमा व्यापार सम्झौतामार्फत द्विपक्षिय सम्बन्ध र सहकार्यको आयामलाई थप विस्तार गर्न सकिने बताईएको छ ।

बैठकमा नेपाल भुटानबीचको तेस्रो व्यापार वार्ताको पुनरावलोकन हुनुका साथै प्रस्तावित व्यापार सम्झौता अन्तरर्गत उत्पत्तिको प्रमाणपत्रको मस्यौदामाथि छलफल भएको थियो । यस्तै दुई देशले आदान प्रदान गरेको सहुलियतपुर्ण वस्तुहरुको सूचीको सम्बन्धमा समेत छलफल भएको बताईएको छ ।

बैठकमा प्रस्तावित उत्पत्तिको नियमसँग सम्बन्धीत मस्यौदामाथि नेपालको रायसुझावको बिषयमा आगामी बैठकमा थप छलफल गर्ने सहमति भएको छ ।

यस्तै व्यापार सम्झौताको अनुसूचीमा रहने दुवै देशका सहुलियतपुणै वस्तुहरुको सूचिका बिषयमा आन्तरिक छलफल गर्ने र उक्त सूचीलाई हार्माेनाईज्ड कोड २०२२ को संस्करणमा परिमार्जन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL