Logo

डेढ दर्जन नयाँ हुलाक टिकट सार्वजनिक गर्दै विभाग, प्रेमबहादुरको पनि हुलाक टिकट

डेढ दर्जन नयाँ हुलाक टिकट सार्वजनिक गर्दै विभाग, प्रेमबहादुरको पनि हुलाक टिकट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ मंसिर, काठमााडौं । हुलाक सेवा विभागले यसै हप्ता नयाँ हुलाक टिकटहरु निकाल्ने भएको छ । हाल १९ थरीका हुलाक टिकट निकाल्ने तयारी भइरहेको हुलाक सेवा विभागका अधिकृत शिरिष उपाध्यायले जानकारी दिए । ‘हाल नयाँ हुलाक टिकट निकाल्ने सम्बन्धमा सम्पूर्ण तयारी भइसकेको छ,’ उनले भने, ‘यसै हप्ता एक कार्यक्रम गरेर सार्वजनिक गर्ने छौं ।’

उपाध्यायका अनुसार विभागले हनुमान ढोकाको कुमारी घर र शिव पार्वती मन्दिर, इसीसी वल्ड २०२०, प्राकृतिक विज्ञान संग्रालय, आदेश्वर महादेव, कोटेश्वर महादेव रहेका छन् । समाजसेवी प्रेमबहादुर कंशाकार र १२ प्रजातीका निशाचर पुतलीहरुको पनि हुलाक टिकट निकालिने छ । उक्त टिकटहरुको मुल्य १ रुपैयाँदेखि १० रुपैयाँसम्मका हुनेछन् ।

विभागले स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको सतवार्षिकीको अवसरमा पनि हुलाक टिकट निकाल्ने तयारी गरिरहेको छ । उक्त टिकट पनि यही डिसेम्वर भित्रै निकालिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL