Logo

नर्भिक अस्पतालको साधारणसभामा राखिएन आईपीओ निष्काशनको एजेण्डा, यस्तो छ कारण !

नर्भिक अस्पतालको साधारणसभामा राखिएन आईपीओ निष्काशनको एजेण्डा, यस्तो छ कारण !



काठमाण्डौ । सार्वसाधारणलाई सेयर जारी प्रक्रिया अघि बढाएको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले आफ्नो साधारणसभामा आईपीओ निष्काशनको एजेण्डानै पेश नगर्ने भएको छ । पब्लिक कम्पनी बनेसँगै सवैसाधारणलाई सेयर जारी गर्ने उद्घोष गरेको नर्भिकल प्रालिबाट लिमिटेड बनेपछिको आफ्नो पहिलो वार्षिक साधारणसभा उक्त एजेण्डानै राखेको छैन ।

नर्भिकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको छ । सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रमहरु संचालन हुने भन्दै सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेपनि आईपीओ जारीको एजेण्डा भने राखेको छै्रन ।

सो साधारणसभाले संचालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ । यस्तै, सभाका अन्य अजेण्डाहरुमा लेखापरीक्षकको प्रतिवेदनसहित सम्वत् २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरुमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने तथा संचालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा संचालक समितिले गरेको आवशयक निर्णयहरु अनुमोदन गर्ने रहेका छन् ।

अस्पतालले साधारण सेयरहरुको प्राथमिक निश्कासन(आइपीओ) जारी गर्ने अजेण्डा समेत यसअघि सार्वजनिक गरे पनि पहिलो वार्षिक साधारणसभा भएका कारण र कतिपय नियामकीय व्यवस्था प्रक्रियामै रहेका कारण सो अजेण्डा एजीएममा नसमेटिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL