Logo

सेयर बजारलाई लिएर प्रचण्ड–ओलीबीच जुहारी, ओली विरुद्ध प्रचण्डले विज्ञप्तीनै निकालेर गरे खण्डन

सेयर बजारलाई लिएर प्रचण्ड–ओलीबीच जुहारी, ओली विरुद्ध प्रचण्डले विज्ञप्तीनै निकालेर गरे खण्डन



काठमाडौं । पछिल्लो समय समाजिक संजालनमा केही लगानीकर्ताले आगामी चुनावमा सेयर बजार विरोधी राजनीतिक दललाई नो भोट भनेर ट्रोल बनाईरहँदा प्रमुख राजनीति दलहरु बादविवादमा उत्रिएका छन् । पछिल्लो समय राजनीति दलहरुले सेयर लगानीकर्तालाई आफ्नो भोट बैंकको रुपमा आकर्षित गर्न सोही अनुरुपका भाषण गर्दै हिड्न थालेका छन् ।

केही दिन अघि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्मकमल दाहालले एक कार्यक्रममा पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिँदै यस धनी र गरिवबीचको खाडल झन बढाउँदै लगेको बताएका थिए । साथै उनले नेपालको सेयर बजारमा पुँजी पुनः पुँजीमै लगानी भई औद्योगिकरण खुम्चिएको भन्दै विरोध गरेका थिए । साथै उनले पुँजी बजार हुनेखाने पुँजीपति बर्गको हितमा भएको भन्दै भाषण गरेका थिए ।

दाहालको उक्त भाषणपछि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाहालले चन्दा नपाएको झोकमा सेयर बजारलाई ध्वस्त पार्न पुँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएको आरोप लगाएका थिए । ओलीले एक कार्यक्रममा बोल्दै भनेका थिए, ‘कुनै सेयर कारोबारीले प्रचण्डलाई चन्दा दिएन होला त्यसैको रिसमा समग्र पुँजी बजारलाई नै ध्वस्त पार्न साम्राज्यवादको संज्ञा दिँदै जथाभावी बोले ।’ साथै दाहालले आफ्नो निहित स्वार्थका लागि लाखौं जनताको लगानी गरेको पुँजी बजारमाथि धावा बोलेको आरोप लगाएका थिए ।

त्यस लगत्तै दाहालले आजै विज्ञप्ती जारी गरेर केपी ओलीले आफुमाथि लगाएको आरोप सारसर झुट रहेको र दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन सम्पूर्ण सेयर लगातीकर्ता समक्ष आग्रह गरेका छन् । ‘माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भुमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेका विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीको रुपमा खारेज गर्दछु,’ दाहालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आजको पुँजीवादबारे मैले गरेको विश्लेषण सहि रहेको दावी सहित नेपालको सेयर बजारको सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौ लगानीकर्ताको हितको पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
MBL