Logo

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन, १० सदस्यीय कार्यसमिति चयन

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन, १० सदस्यीय कार्यसमिति चयन



काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् । संघको १६औं वार्षिक साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत टण्डनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष टण्डनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ), ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) र सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन भएका छन् । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.)बाट चयन भएका छन् ।

संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा प्रभू मनिट्रान्सफर प्रा.लि. ) मनोनित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । नव निर्वाचित अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गरे । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्च कदर गरेका थिए । साथै अबका दिनमा रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए । संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्ने बताए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अ्रध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL