Logo

कोरोना पछिको अर्थतन्त्र : ८७ प्रतिशत उद्योग व्यवसाय पुर्ण संचालनमा (अध्ययन प्रतिवेदनसहित)

कोरोना पछिको अर्थतन्त्र : ८७ प्रतिशत उद्योग व्यवसाय पुर्ण संचालनमा (अध्ययन प्रतिवेदनसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कोरोना महामारीबाट प्रताडित उद्योगहरुमध्ये ८७ प्रतिशत उद्योग व्यवसायहरु पुर्ण संचालनमा आएका छन् । २०७६ देखि विश्वभर फैलिएको कोरोना महामारीले नेपाली अर्थतन्त्रमा ठुलो असर पारेको थियो । त्यसले निम्त्याएको ३ देखि ४ महिना लामो लकडाउनमा त झन उद्योग व्यवसायहरु पुर्ण रुपमा बन्दै हुन पुगेका थिए ।

laxmi

त्यसपश्चात पुनः कोरोना महामारीको प्रकोप कम हुँदै गएपछि अर्थतन्त्र चलायमान हुँदै गएको थियो । यही अवसरमा केन्द्रिय बैंकले गत बर्षको मंसिरमा कोभिड –१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी अध्ययन गरेको थियो । जसमा ६१ प्रतिशत उद्योग व्यवसायहरु संचालनै हुन नसकेको देखाएको थियो ।

त्यसपश्चात पुनः बैंकले पुनः गत बैशाखमा दोस्रो अध्ययन गरेको थियो । यस्तै चालु आवको मंसिरमा गरिएको अध्ययनले भने देशभरका ८७ दशमलव २ प्रतिशत सानाठुला उद्योग व्यवसायहरु पुर्ण रुपमा संचालनमा आएको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत बर्षको असारमा २८ दशमलव ८ प्रतिशत मात्रै रहेको उद्योग स्थिति पनि बढेर ७४ दशमलव ७ प्रतिशत पुगिसकेको छ । साथै यस अवधिसम्म रोजगारीको अवस्थामा समेत सुधार आई ९७ दशमलव २ प्रतिशत पुगेको छ ।

हालसम्म शतप्रतिशत रिकभर भएका उद्योगहरुमा खानी तथा उत्खनन्, विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगहरु रहेका छन् । निर्माण क्षेत्रका ८८ प्रतिशत, उत्पादनमुलक क्षेत्रका ८७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रका ९१ प्रतिशत, होटल तथा रेष्टुरेन्ट क्षेत्रका ७८ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रका ७२ प्रतिशत उद्योगधन्दाहरु संचालनमा आईसकेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1LuEIzRP4ZxbMaaBPQEDw9WAA5vwCNvvb/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL