Logo

कृषि कर्जामा नयाँ व्यवस्था गर्दै राष्ट्र बैंक, विकास बैंक र माइक्रोफाइनान्सबाट पनि कर्जा उपलब्ध गराइने

कृषि कर्जामा नयाँ व्यवस्था गर्दै राष्ट्र बैंक, विकास बैंक र माइक्रोफाइनान्सबाट पनि कर्जा उपलब्ध गराइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि कर्जाको दायरालाई फराकिलो बनाउने भएको छ । कृषिमा व्यवसायीकरण गर्ने उद्देश्यले कृषि कर्जामा नयाँ व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले बताए । ‘हालको मौजुदा व्यवस्थामा परिवर्तन गरी खेती योग्य जमिन धितोमा राखेर कर्जा दिनुपर्ने व्यवस्था ल्याउँदै छौं,’ उनले भने, ‘अहिले परिमार्जनको क्रममा रहेकाले छिट्टै नै कार्यान्वयनमा ल्याइने छ ।’ हाल बैंकले सडक सुविधा पुगेका जमिन मात्र धितो राखेर कर्जा उपलब्ध गराउँदै आएको छ ।

agro

खतिवडाका अनुसार किसानलाई सहज रुपमा कर्जा उपलब्ध गराउनका विकास बैंक तथा अन्य वित्तिय संस्थाबाट पनि कृषि कर्जा दिने व्यवस्था गर्न लागिएको छ । ‘यस अघि विस्थापित भएका बैकका शखालाई पनि पुर्नस्थापना गर्न सवैलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘साथै, वाणिज्य बैक नपुगेका स्थानमा विकास बैक तथा माइक्रो फाइनान्सलाई परिचालन गरेर भएपनि कृषकलाई कर्जा उपलब्ध गराउने छौं ।’ हाल वाणिज्य बैंकबाट मात्र कृषि कर्जा उपलब्ध गराउँदै आएको छ ।

यस्तै, अर्थमन्त्री डा. रामशरण महले कृषि अनुदानमा लगाइएको उमेर हदलाई बढाइने बताएका छन् । ‘तत्कालका लागि हामी देशका युवालाई कृषिमा लक्षित गर्ने उद्देश्यले उमेर हद ४५ बर्ष राखेका हौं,’ उनले भने, ‘केही समय भित्रै यसलाई बढाइने छ ।’ तर, उमेर हद बढाएर कति वर्ष बनाइने भने उनले बताएनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL