Logo

बेलायतले नेपाललाई रेड लिस्टको सूचीबाट हटायो, ११ अक्टोबरदेखि नियम लागु हुने

बेलायतले नेपाललाई रेड लिस्टको सूचीबाट हटायो, ११ अक्टोबरदेखि नियम लागु हुने



काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्टको सूचीबाट हटाएको छ । बेलायतको कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको हो । बेलायतले बिहीबार एक सूचना जारी गर्दै नेपाललाई रेड लिस्टबाट हटाएको नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।

यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए । सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL