Logo

बजारमा कारोबार रकमले छाड्दै साथ, २६ सय अंकबाट ओर्लियो नेप्से

बजारमा कारोबार रकमले छाड्दै साथ, २६ सय अंकबाट ओर्लियो नेप्से



काठमाडौं । पछिल्लो समय तिव्र उत्तारचढावसहित ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नै बजार ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा आईपुगेको छ । बढ्दै ३१ सयको विन्दु पार गरेको नेप्से परिसुचक पछिल्लो समय ओरालो लाग्ने क्रममा छ ।

यता परिसुचक लगातार घटिरहँदा कारोबार रकमले पनि साथ छोड्दै गएको छ । दैनिक ५ अर्ब बढिको कारोबार हुने बजारमा आज अर्थात साताको पहिलो दिन नै कारोबार रकम भने ४ अर्ब ११ करोड ३८ लाख रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ । आज बजारमा कुल २ सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता सेयर किनबेच भएका छन् ।

बिहानैदेखि ओरालो लागेको बजारमा आज सबैभन्दा ठुलो पहिरो भने बीमा समुहमा गएको छ । नेप्सेका अनुसार आज निर्जिबन बीमा समुहको परिसुचक १ सय ८८ अंकले ओरालो लाग्दा जिवन बीमा समुहको परिसुचक भने २ सय ७२ अंकले ओरालो लागेको छ ।

यस्तै बजारमा सबैभन्दा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक आईतबार २९ अंकले घट्दा विकास बैंक समुहको परिसुचक १ सय ३८, पर्यटन तथा होटल समुहको परिसुचक १ सय २ र जलविद्युत समुहको परिसुचक १ सय ११ अंकले ओरालो लागेका हुन् । बजारमा कारोबार भएका कुल कम्पनीहरुमध्ये ७३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL