Logo

र्‍याडिसन होटलको संचालकमा प्रकाश तिवारी सहित ६ जना निर्विरोध निर्वाचित

र्‍याडिसन होटलको संचालकमा प्रकाश तिवारी सहित ६ जना निर्विरोध निर्वाचित



काठमाडौं । ओरियण्टल होटल (र्‍याडिसन) लिमिटेडको संचालकमा प्रकाश तिवारी सहित ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । होटलको २४ औं साधारणसभा अन्तरगत ६ जना संचालकहरुको निर्वाचन हुनु पर्नेमा आज भएको मनोनयन दर्तामा ६ जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार आज विहान ११ बजेदेखि १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा संस्थापक सेयरधनीबाट अनिलदाश श्रेष्ठ, शुभद्रा श्रेष्ठ, मिसु श्रेष्ठ, विधाता श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रकाश तिवारी र सुनिल लाल श्रेष्ठले मात्र उम्मेदवारी दर्ता गराएका थिए ।

कुल ६ जना संचालकको निर्वाचन हुनेमा ६ जनाको मात्रै उम्मेदवारी परेपछि सबैजना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । आज उम्मेदवारी दर्ता गराएका तिवारी लगायत ६ जनानै यस अघि पनि ओरियण्टल होटलका संचालक थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL