Logo

निर्यातमा ३७ प्रतिशतले बृद्धि, व्यापार घाटा १२ खर्ब ६२ अर्ब

निर्यातमा ३७ प्रतिशतले बृद्धि, व्यापार घाटा १२ खर्ब ६२ अर्ब



काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी ११ महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार पछिल्लो समयमा मुलुकको निर्यात व्यापार सुधार देखिएपनि आयात बढ्दा व्यापार घाटा पनि बढेको देखिएको छ ।

laxmi

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ११ महिनामा कुल वस्तु निर्यात ३७ दसमलव ८ प्रतिशतले वृद्धि भई १ खर्ब २१ अर्ब २५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा भने २४ दसमलव छ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दसमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यात भने शुन्य दसमलव दुई प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३ दसमलव तीन प्रतिशत र २५ दसमलव नौ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७ दसमलव चार प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०७७९७८ को एघार महिनामा कुल वस्तु आयात २५ दमसलव सात प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५ दसमलव तीन प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दसमलव दुई प्रतिशत, २४ प्रतिशत र नौ दसमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL