Logo

साउन १ बाट एसआइएस प्रणालीमार्फत कारोबारको विवरण पठाउन राष्ट्र बैंकको निर्देशन (पत्रसहित)

साउन १ बाट एसआइएस प्रणालीमार्फत कारोबारको विवरण पठाउन राष्ट्र बैंकको निर्देशन (पत्रसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साउन १ गते देखि सरकारी कारोबारको हिसाब मिलान ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’ (एसआइएस) बाट प्राप्त विवरणका आधारमा मात्र गर्न निर्देशन दिएको छ ।

laxmi

यसअघि राष्ट्र बैंकले इमेलबाट प्राप्त विवरणका आधारमा दैनिक हिसाब मिलान गर्दै आएको थियो । एसआइएस पुर्ण रुपमा कार्यान्वयन भैरहेको हुनाले आगामी आवमा सरकारी कारोबारमा पनि अनिवार्य गरिएको हो ।

त्यसैले आगामी साउन देखि एसआइएसमा वास्तविक विवरण पेश गर्न समेत केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘अर्को निर्देशन नआउदाँसम्म यस अघि गर्दै आएको नियमित विवरण पेश गर्ने कार्यलाई पनि निरन्तरता दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL