Logo

यूनाईटेड फाइनान्स प्राप्ति गरी नबिल बैंकले शुरु गर्यो एकीकृत कारोबार, चुक्तापूँजी १३ अर्व ८४ करोड पुग्यो

यूनाईटेड फाइनान्स प्राप्ति गरी नबिल बैंकले शुरु गर्यो एकीकृत कारोबार, चुक्तापूँजी १३ अर्व ८४ करोड पुग्यो



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र बसन्तकुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

laxmi

नबिल बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी रु. १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई १३५ हुनेछ भने एटीएम संख्या भने १८३ हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अंक २ खर्ब माथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL