Logo

हट्यो पाम आयल निर्यातमा भारतको प्रतिवन्ध

हट्यो पाम आयल निर्यातमा भारतको प्रतिवन्ध



काठमाडौं । भारत सरकारले गत बर्षदेखि प्रतिवन्ध लगाउँदै आएको पाम आयल आयात खोलेको छ । नेपालले निर्यात गर्ने वस्तुको पहिलो स्थानमा परेको पाम आयल भारतले आयात प्रतिवन्ध लगाउँदा अप्ठ्यारोमा परेको थियो । अघिल्लो बर्ष अर्थात विसं २०७६ सालको पुस २७ देखि रोकिएको नेपालको निर्यात अब भने खुलेको हो ।

भारतस्थित डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार एक विज्ञप्ति जारी गर्दै यसको आयात खुलाएको जानकारी दिएको छ । नेपालले विभिन्न देशबाट कच्चा पाम तेल ल्याएर त्यसलाई प्रशोधन गरी भारत पठाउने गरेको थियो । तर त्यसमा कम भ्यालु एड गरिएको भन्दै नेपाललगायत अन्य देशबाट आयात हुने पाम तेल भारतले प्रतिवन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL