Logo

आइपिओ निष्कासनको लहर : भोलिदेखि मनकामना स्मार्ट लघुवित्त र असार २४ बाट युनियन लाइफ इन्स्योरेन्सको आइपिओ विक्रि खुल्ने

आइपिओ निष्कासनको लहर : भोलिदेखि मनकामना स्मार्ट लघुवित्त र असार २४ बाट युनियन लाइफ इन्स्योरेन्सको आइपिओ विक्रि खुल्ने



काठमाडौं । पछिल्लो समय आम सर्वसाधारणमा रहेको साधारण सेयर निष्काशन (आइपिओं) प्रतिको आकर्षणलाई विभिन्न कम्पनीहरुले उपयोग गरिरहेका छन् । यसैक्रममा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गते (भोलि) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

laxmi

कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपिओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो ।

कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आइपिओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी रू। ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७।८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२।११ प्रतिशत आइपिओ विक्री गर्न लागेको हो । आइपिओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू। १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

युनियन लाइफ इन्स्योरेन्सको असार २४ गतेबाट आइपिओ आउँदैं

यसैगरि युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ । यही असार २४ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुने छ ।

खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम तीन हजार दुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन । बिक्री गरिने कुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याईएको बिक्री प्रर्वन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । हाल अधिकृत पुंजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ ।

केही दिनअघि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला भएको भएको थियो । गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सो कक्पनीको आइपीओमा मंगलवारसम्म आवेदन दिने समय थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL