Logo

सय संख्याको बाधा अड्काउफुकाउ फुक्यो, अब सबै म्यानपावर कम्पनी नविकरण हुने

सय संख्याको बाधा अड्काउफुकाउ फुक्यो, अब सबै म्यानपावर कम्पनी नविकरण हुने



काठमाडौं । सरकारले सबै म्यानपावर कम्पनी नविकरण गरिदिने व्यवस्था गरेको छ । यसअघि बार्षिक १ सय जना कामदार पठाउने म्यानपावर मात्रै नविकरण हुने व्यवस्था रहेकोमा मन्त्रिपरिषदको बैंठकले बाधा अड्काउफुकाउ व्यवस्था अनुरुप सबै म्यानपावर कम्पनी नविकरण हुने व्यवस्था गरिदिएको हो ।

laxmi

मन्त्रिपरिषद सोमबार राति बसेको बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ प्रयोगगरी व्यवसायीहरुको ईजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र अस्तव्यस्थ हुदा नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम पनि रोकिएको थियो । सोही अनुरुप गत बर्ष पनि सोही व्यवस्था अनुरुप १ सय जना कामदार नपठाउने म्यानपावर कम्पनीहरुको इजाजत आर्थिक वर्ष २०७८।०७९ को असारसम्मका लागि नविकरण गराउने व्यवस्था गरिएको थियो । तर तत्कालिन समयमा आर्थिक बर्ष २०७८।८९ असार सम्मका लागि नविकरण गराउँदा २ सय जना कामदार पठाएको हुनुपर्ने सर्त राखिएको थियो । तर कोरोनाका कारण पछिल्लो १ बर्षमा धेरैजसो म्यापावर कम्पनी बन्द रहनुका साथै कतिपयले १ जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन सकेका छैनन् ।

सरकारको उक्त राहतसँगै प्रगतिशील वैदेशिक रोजगार ब्यावसायी मंच नेपालले विज्ञप्ति जारी गरेर उक्त कार्यको स्वागत गरेको छ । सरकारले व्यवसायीको उक्त समस्यालाई महत्वका साथ सोमबारको मन्त्रीपरिषदबाट बैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ प्रयोग गरि बाधा अड्काउ फुकाइ सम्पुर्ण ब्याब्सायीको इजाजत पत्र नवीकरण गरिदिने ब्याबस्था गरिदिएको भन्दै उक्त कार्यको स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL