Logo

प्रिओपनिङमा नयाँ व्यवस्था : अब २ प्रतिशत मात्रै घटबढ हुने, मूल्य परिवर्तन सिमा १० पैसा

प्रिओपनिङमा नयाँ व्यवस्था : अब २ प्रतिशत मात्रै घटबढ हुने, मूल्य परिवर्तन सिमा १० पैसा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रिओपनिङ)को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गरेको छ ।

बोर्डले यस अघि दोश्रो बजारको प्रारम्भिक कारोवार सत्रमा हाल मूल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा सो सीमालाई घटाई २ प्रतिशत कायम गरेको छ । हाल प्रिओपनिङमा ५ प्रतिशतको घढबढको सिमा राख्दा बजारमा बढि अस्थिरता आएको भन्दै बोर्डले उक्त सिमा घटाएको हो ।

त्यस्तै बोर्डले दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि परिवर्तन गरेको छ । हाल उक्त सिमा १ रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा कायम गरेको बोर्डले जानकारी दिएको छ ।
यसैगरी बोर्डले धितोपत्र

कारोवार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन धितोपत्र कारोवार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८० स्वीकृत गरेको छ ।

प्रारम्भिक सत्रमा कारोवार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने
देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको बोर्डले जानकारी दिएको छ । साथै छिमेकी देश लगायत अन्तर्राष्ट्रिय असल अभ्यास अनुरुप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाईपरिवर्तन गरिएको जसबाट खरिदकर्ता र बिक्रीकताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिद बिक्री गर्न सक्नुका साथै यसबाट कारोबारमा समेत वृद्धि हुने बोर्डको दावी छ ।

बोर्डका अनुसार उक्त व्यवस्था कार्यान्वयनमा आएपश्चात् प्रारम्भिक कारोवार सत्र थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सकिने छ । जसबाट दोश्रो बजार कारोबार थप लगानीकर्ता मैत्री हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL