Logo

काठमाडौंमा आजदेखि ३१ गतेसम्म विकास बैंकका यी शाखामात्र खुल्ने, कुन दिन कुन बैंकको शाखा खुल्छ ? (सूचीसहित)

काठमाडौंमा आजदेखि ३१ गतेसम्म विकास बैंकका यी शाखामात्र खुल्ने, कुन दिन कुन बैंकको शाखा खुल्छ ? (सूचीसहित)



काठमाडौं । काठमाडौंमा आजदेखि ३१ गतेसम्म विकास बैंकहरुका सिमित शाखामात्र खुल्ने भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अनुसार डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले निश्चित मिति तय गरेर सेवा दिन लागेका हुन् ।

विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रवाह गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको निर्देशन अनुसार यो व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन भएको छ ।

एसोसियसनका अनुसार काठमाडौं उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छ भने उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL