Logo

केरुङ नाका ५९ वर्षमा पनि जस्ताको तस्तै

केरुङ नाका ५९ वर्षमा पनि जस्ताको तस्तै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । रसुवा गढी केरुङ नाका ५९ बर्षमा पनि जस्ताको तस्तै भएको भन्दै आश्चर्य प्रकट गरेका छन् । ‘२०१३ सालमा खोलिएको केरुङ नाका अहिले सम्ममा पनि कुनै विकास भएको छैन,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अवार्ड वितरण कार्यक्रममा उनले भने ।

नेपाल भुपरिवेष्ठित देश भएर एकै देशमा निर्भर पर्दा समस्या भोग्नु परेको उनको गुनासो थियो । अहिले नेपालले जुन दशा भोग्नु परेको छ त्यसको मुल्य गल्ती भनेको केरुङ नाकाको स्तरोन्नति नगर्नु हो । सँगै खुलेको नाकामा चीन पट्टीको सडक एकदमै राम्रो भएको जानकरी दिँदै अवका दिनमा नेपालले पनि उक्त सडक खण्ड सुधारका लागि एकजुट भएर लाग्नु पर्ने बताए ।

पौडेलका अनुसार पछिल्लो सयम बन्द हड्तालले देशमा कालोबजारी बढाएको भन्दै यसलाई तत्काल निरुत्साहित गर्नुपर्ने बताए । ‘पछिल्लो समय बन्दकर्ताले कालोबजारीलाई प्रोत्साहन गरेको छ,’ उनले भने, ‘जसले गर्दा तत्काल यो समस्या समाधान हुने वाला छैन ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्र हतोत्साहित भएको जानकारी दिए । ‘हाल व्यवसायीहरु आफ्ना उद्योग कलकारखाना बन्द गरी मजदूर तथा कर्मचारीलाई घर पठाउन थालेका छन्,’ उनले भने, ‘अव व्यवसायीहरुले उद्योग कलकारखाना चलाउन सक्ने अवस्था छैन ।’ हाल उद्योग कलकारखानाको अवस्था भयावह भएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL