Logo

डिजिटल हस्ताक्षर प्रयोगमा ल्याइदै,सञ्चारमन्त्रीको पहिलो प्राथमिकता गाउँगाउँमा इन्टरनेट पुर्याउने

डिजिटल हस्ताक्षर प्रयोगमा ल्याइदै,सञ्चारमन्त्रीको पहिलो प्राथमिकता गाउँगाउँमा इन्टरनेट पुर्याउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी बुधवारदेखि डिजिटल हस्ताक्षर प्रयोगमा ल्याइने सञ्चार मन्त्रालयले बताएको छ । विद्युतीय कारोवार सुरक्षित बनाउने उद्देश्यका साथ डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउन लागिएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । सोमवार प्रविधि पत्रकार मञ्चसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

त्यस्तै सरकारी निकायमा आइटीको प्रयोग बढाउने उद्देश्यका साथ ई गर्भनेन्सको प्रक्रिया अगाडी बढाइएको जानकारी उनले दिए । सो अवसरमा मन्त्री राईले गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याउनु पहिलो प्राथमिकता भएको बताए ।

देशभरका जनतासमक्ष इन्टरनेट सुविधा पुर्याउने उद्देश्यका साथ तयारी गरिएको उनले जानकारी दिए । तत्कालका लागि नेपाल टेलिकमको टावर विस्तार तथा पूर्वाधारको क्षमता विकासमा लागिएको उनले जानकारी दिए । ‘त्यस्तै स्कुल,ह्लाक,स्वास्थ्यकेन्द्र,विमानस्थल तथा गाविसलगायत सार्वजनिक स्थलमा इन्टरनेट सेवा पुर्याउने तयारी भइरहेको छ’ उनले भने ।

सो अवसरमा मन्त्री राईले नेपाललार्ई आइटी जोनको रुपमा विकाश गर्ने लक्ष्य रहेको बताए । आगामी दिनमा त्यसै अनुरुप तयारीमा लागिने समेत जानकारी दिए ।

आइटीपार्कको पूर्वाधार तथा सम्भावना बारे अध्ययन गरी व्यवस्थापन गरीने रार्यले बताए । त्यस्तै त्यस्तै फोरजी सञ्चालनको तयारीमा समेत लागिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL