Logo

नाकाबन्दीले ६ महिना पछि धकेलियो अर्थतन्त्र, २ लाख २० हजारले गुमाए रोजगारी

नाकाबन्दीले ६ महिना पछि धकेलियो अर्थतन्त्र, २ लाख २० हजारले गुमाए रोजगारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दीका कारण प्रभावित बनेको नेपालको अर्थतन्त्र ६ महीना पछाडी धकेलिएको सरोकारवालाहरुले बताएका छन् । शुक्रवार नेपाल कानुन समाज र नेपाल उद्योग वाण्ज्यि महासंघले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रम औद्योगिक क्षेत्रमा देखिएको असरलाई कम गर्न र औद्योगिक क्षेत्रका लागि निकास खोज्ने उद्देश्यले अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नाकाबन्दीका कारण भारतबाट खरीद गरिएको सामान समेत ल्याउन नपाएको बताए ।

६ महीनाका लागि पुग्ने, ग्यास, इन्धन लगाएतका दैनिक उपभोग्य समान खरीद गरी राख्ने गरिएपनि सो सामान ल्याउन नपाएको र राख्ने ठाउँ समेत नभएकोले नोक्सानी वेहोर्नु परिरहेको उनले बताए । ‘८० हजार टन समानलाई पानीबाट समेत बचाउन सकिएको छैन् ’ उनले भने ।

मुरारकाकका अनुसार नाकाबन्दी कै कारण २ लाख २० हजार श्रमिकले रोजगारी गुमाउनु परेको छ । कार्यक्रममा रानीतिक क्षेत्रका व्यक्तिहरु, सभासद, औद्योगिक क्षेत्रका व्यक्ति लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL