Logo

सार्कक्षेत्रीय उर्जा तथा रेलमार्ग सञ्जाल विस्तारमा सहमती, ठमेलबाट सार्क सचिवालय सार्ने निर्णय

सार्कक्षेत्रीय उर्जा तथा रेलमार्ग सञ्जाल विस्तारमा सहमती, ठमेलबाट सार्क सचिवालय सार्ने निर्णय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

मङ्सिर ९, काठमाडौं । आइतबारदेखि सुरू भएको सार्कको सचिव स्तरिय ४१ औं स्थायी(स्ट्याण्डिङ) समितीको बैठक सोमबार बेलुका सम्पन्न भएको छ । समितीको बैठकले यसअघि भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने लगायत विभिन्न विषयमा सहमती तथा निर्णय गरी सार्क मन्त्रिपरिषद बैठकका लागि पेश गरेको छ ।

बैठकले सार्क क्षेत्रमा कृषि उत्पादन बढाउने र सदस्य बीच कनेक्टिभिटीको काम गर्ने उर्जा, रेलमार्ग तथा यातायात सञ्जाल जोड्ने विषयमा सहमती समेत गरेको छ । यो सम्झौतासँगै सार्क राष्ट्रबीच उर्जा, रेलमार्ग र यातायात सञ्जाल विस्तारको कामले गति पाउने लगभग निश्चित भएको छ । स्थायी समितीले समेत सहमती प्रदान गरेको यो विषयलाई मन्त्रिपरिषदको निर्णयले पास गरेपछि प्रक्रिया अघि बढ्नेछ ।

त्यस्तै समितीको बैठकले सार्कको कार्यसम्पादनलाई चुस्त बनाउनुका साथै सदस्य राष्ट्रको आर्थिक समुन्नती, शिक्षा, स्वास्थ्य, लगानी, कृषि जस्ता विषयमा अभिवृद्धि गर्नका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल गरेको छ । सार्क क्षेत्रमा पोषण सुरक्षा तथा सहि तरिकाबाट सुचना प्रविधिको प्रयोगका लागि समेत समितीमा निर्र्णय भएको छ ।

सार्कको आर्थिक तथा पूर्वाधार संरचनालाई सञ्चालनमा ल्याएर सार्क विकास कोषलाई बलियो बनाउने विषयमा समेत समिते प्रस्ताव अघि सारेको छ । नेपालको भक्तपुरमा रहेको सार्क क्षयरोग तथा एचआईभी/एड्स केन्द्रको प्रयोगशालाको स्तरोेन्नतीका लागि भारत र बङ्गलादेशले आर्थिक सहयोग गर्ने विषयमा समेत समितीमा जानकारी गराएका थिए ।

City-Hall

तीन केन्द्रको खारेजी, चारओटालाई एउटै केन्द्र बनाउने

समितीले औचित्य पुष्टि हुन नसकेका नयाँ दिल्लीमा रहेको सार्क डकुमेण्टेसन सेण्टर, इस्लामावादमा रहेको सार्क ह्युमन रिसोर्स डेभलपमेण्ट सेण्टर र काठमाडौंमा रहेको सार्क इन्फर्मेसन सेण्टरलाई खारेज गर्ने निर्णग गरेको छ । त्यस्तै एकै प्रकृतिका माल्दिभ्समा रहेको सार्क कोस्टल जोन म्यानेजमेण्ट सेण्टर, बङ्गलादेशमा रहेको सार्क मेटेरोलोजिकल रिसर्च सेण्टर, भुटानमा रहेको सार्क फरेष्ट्री सेण्टर र भारतमा रहेको सार्क डिजास्टर म्यानेजमेण्ट सेण्टरलाई एकै ठाउँमा गाभेर सार्क इन्भायरोमेण्ट एण्ड डिजास्टर म्यानेजमेण्ट सेण्टर बनाउने विषयमा समेत समितीले सहमती जनाएको छ ।

ठमेलबाट सार्क सचिवालय सारिने

समितीको बैठकले काठमाडौंको ठमेलमा रहेको सार्क सचिवालयको कार्यालयले उपयुक्त स्थानमा सार्ने विषयमा समेत सहमती जनाएको छ । सचिवालयलाई आगमनको हिसाबले सहज र ठूलो क्षेत्रमा विस्तार गर्ने उद्देश्य सहित सचिवालय सार्न लागिएको हो । हाल सचिवालयका लागि उपत्यकाकै विभिन्न क्षेत्रमा जग्गाहरूको खोजी भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL