Logo

नेपाल सन् २०२२ भित्र विकाशिल मुलुकमा पुग्न कठिन, नाकाबन्दी प्रमुख कारक

नेपाल सन् २०२२ भित्र विकाशिल मुलुकमा पुग्न कठिन, नाकाबन्दी प्रमुख कारक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले देशलाई सन् २०२२ सम्मका विकाशिल मुलुकको दाजोमा लैजाने भनिएपनि कठिन हुने देखिएको छ । सरकरले मंगलबार श्वेतपत्र जारी गर्दै सो कुरा बताएको हो ।

बैशाखमा गएको शक्तिशाली भुकम्प तथा पछिल्लो समय भारतले लगाएको अधोषित नाकाबन्दीका कारण देश जटिल परिस्थितीबाट गुज्रिएको हुँदा उक्त लक्ष्य भेटाउन कठिन रहेको सरकारले बताएको छ । साथै, सन् २०३० भित्र मध्यम आय भएको देशको तुलनामा पुर्याउने लक्ष्यमा समेत चुनौती थपेको बताएको छ ।

देशलाई सन् २०२२ भित्र पुर्याउन वार्षिक ५ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हासिल गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । तर, भुकम्प तथा अधोषित नाकाबन्दीका कारण चालू आर्थिक वर्षमा आर्थिक बृद्धिदर नकारात्मक हुने देखिएको छ ।

देशको कुल ग्रह्स्थ्य उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान पुर्याउने बैंक, पर्यटन, होटल, रेष्टुराँ तथा निर्माण क्षेत्र ठप्प रहेको छ । गत वर्ष सेवा क्षेत्रको बृद्धिदर ६ दशमलव १ प्रतिशत रहेकोमा चालू आवमा ३ प्रतिशतमा खुम्चिने भएको छ । यसैगरी ३३ प्रतिशत योगदान दिँदै आएको कृषि बृद्धिदर पनि घट्ने भएको छ ।

देशमा भइरहेको बन्द हड्ताल तथा नकाबन्दीका कारण कच्चा पदार्थ आउन नकक्दा पुनर्निमाणका कार्य ठप्प भएको छ । जसले गर्दा पुँजीगत खर्च हुन सकेको छैन भने राजस्व उठौतिमा पनि गिरावट आएको छ ।

यसैगरी, ३ महिनाको अवधिमा मुद्वास्फीति १ दशमलव ४ अंकले बढी सकेको छ । आर्थिक वर्षको शुरुमा ६ दशमलव ९ प्रतिशत रहेको मुद्रास्फीति हाल ८ दशमलव ३ प्रतिशतमा पुगिसकेको छ । हाल खाध्यपदार्थको मुद्रास्फीति अधिक दरले बढेको सरकारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL