Logo

बैधानिक च्यानलबाट पैसा नपठाए बैदेशिक रोजगारीमा जान रोक, अबैधानिक च्यानलबाट आएको पैसा रोकिने

बैधानिक च्यानलबाट पैसा नपठाए बैदेशिक रोजगारीमा जान रोक, अबैधानिक च्यानलबाट आएको पैसा रोकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउने बताएका छन् । कोरियास्थित मनी ट्रान्सफर कम्पनी जीएमईको अवलोकन तथा रेमिट्यान्स सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन् ।

कोरियास्थित नेपाली दुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको बताए । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागि बैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रमममा बोल्दै कोरियाका लागि नेपाली राजदुत अर्जुनजंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडाकदम चाल्न सोही अनुरुपको नियम ल्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरियास्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवादिँदै आएको जानकारी दिए ।

कोरियामा शनिबार र आइतवार बैंकका सेवा बन्द हुने र अन्य प्रक्रियागत कारणले सोचे जस्तो रेमिटेन्स भित्रिननसकेको भन्दै अवदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स पठाउन सकिने ढकालको तर्क थियो । जसले गर्दा देशमा बैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रने समेत ढकालले बताए । एकपटक कोरिया बसेको व्यक्ति पुनःकोरिया फर्किन चाहेमा वैधानिक माध्यमबाट मात्र रेमिटेन्स पठाएको हो भन्ने प्रमाण स्वरूप जीएमई कोस्टेटमेन्ट प्रिन्ट दिने व्यवस्था मिलाइएको समेत उक्त अन्तरक्रिया कार्यक्रमम जानकारी गराइएको थियो ।

जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलो पटक रेमिटेन्स सेवाप्रदान गर्ने इजाजत प्रदान गरेको थियो । सोहि इजाजत अनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ ्र

प्रतिक्रिया दिनुहोस्
MBL