Logo

कामदार सुरक्षा कोष कार्यन्वयन गरिदै, डेढ लाख बैदेशिक रोजगारीमा जानेलाई सीप सिकाइने

कामदार सुरक्षा कोष कार्यन्वयन गरिदै, डेढ लाख बैदेशिक रोजगारीमा जानेलाई सीप सिकाइने


बिजखबर संवाददाता
0
Shares

वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले गन्तव्य मुलुकमा काम गर्ने नेपाली कामदारको सुरक्षा र संरक्षणमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग आवश्यक रहेको बताएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौँ विश्व सम्मेलनका क्रममा शनिबार आयोजित आप्रवासी कामदार र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रियामा यस्तो बताएका हुन्  उनले एनआरएन र नेपाल सरकारको पहलमा पाँच\पाँच करोड जम्मा गरी ती कामदारको सुरक्षा र संरक्षणमा कोष स्थापना गरिएको भएपनी कानुनी समस्याले त्यसलाई कार्यान्वयनमा नआएको जानकारी दिए ।‘१० करोड कोषमा छ,’ उनले भने , ‘कानुनी अड्नका कारण त्यसलाई कार्यान्वयनमा लैजान समस्या भएको छ अब अर्को माध्ययमबाट हामी सकेसम्म त्यसलाई कार्यान्वयनमा लैजान पहल गर्ने छौँ ।’

कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले श्रम स्वीकृतीलाई सहज बनाउन वोर्डले आफ्नो ठाउँबाट पहल गर्ने समेत बताए । उनका अनुसार वोर्डको कल्याणकारी कोषमा सवा तीन खर्व रहेको छ । त्यसलाई त्यसलाई विधि र प्रक्रिया भित्र रहेर आवश्यक ठाउँमा सदुपयोग गर्ने दाबी गरे ।

साथै मृतक र गम्भीर घाइते भएका कामदारका परिवारले पाउँने रकमलाई दोब्वर बनाएको जानकारी दिए । ‘ मृतक र गम्भीर घाइते भएका कामदारका परिवारले सबै गरी अहिले सात लाख पाउँदै आएका छन्, हामी त्यसलाई १० लाख पु¥याउने तयारीमा छौँ ।’

त्यस्तै बैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिकाउने र दक्ष बनाउने अभियानमा बोर्ड लागेको पनि बताइएको छ । साथै हामी यही वर्ष भित्रमा कम्तीमा १० हजारलाई सीप सिकाउने र दक्ष कामदार बाहिर पठाउने तयारीमा रहेको जानकारी दिए । अर्को वर्षसम्ममा त्यो संख्या ५० हजार पु¥याउने योजना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL