Logo

‘आईएमई बचत दश लाख’को नतिजा सार्वजनिक, दैनिकतर्फ २१ र सात्ताहिकमा ३ जना छनौट

‘आईएमई बचत दश लाख’को नतिजा सार्वजनिक, दैनिकतर्फ २१ र सात्ताहिकमा ३ जना छनौट


बिजखबर संवाददाता
27
Shares

इण्टरनेशनल मनी ट्रान्फर कम्पनीले ल्याएको ‘आईएमई बचत दश लाख’ योजना विभिन्न ३ जनाले जितेका छन् । कम्पनील यहि असोज १ गतेदेखि संचालन गरेको उक्त योजना अन्तरगत पहिला ३ हप्ताको भाग्यशाली विजेताको नाम सार्वजनिक गरेको हो ।

आईएमईको विश्वव्यापी संजालमार्फत् यो अवधिमा आप्रवाह भएको अन्तर्राष्ट्रिय एवं आन्तरिक रेमिटेन्स ट्रान्जेक्सन नम्बरका आधारमा डिजिटल लक्की ‘ड्र’ को प्रयोग गरि दैनिकतर्फ २१ जना र साप्ताहिकतर्फ ३ जना सेवाग्राही विजेता घोषित भएका हुन् ।

विजेतामा रकम पठाउनेतर्फ मलेसिया, कतार, दुबई, बहराईन, साउदी अरव, भारत एवं आन्तरिक रेमिटेन्स सेवातर्फका सेवाग्राही घोषित भएका छन् । दैनिक लक्की ‘ड्र’ मा छनोट हुनेलाई रू. ५ हजार पाएका छन् ।

यसैगरी साप्ताहिक लक्की ‘ड्र’ मा छनोट हुनुहुने क्रमशः प्रथम हप्ताका लागि भीम नमराज गिरी, दोश्रो हप्ताका लागि तेज बहादुर नेपाल र तेश्रो हप्ताका लागि राजेन्द्र अधिकारीलाई रू.५०÷५० हजारको ग्लोबल आईएमई बैंकमा बचत खोलाईएको छ

प्रतिक्रिया दिनुहोस्
MBL