Logo

एक सय कामदार नपठाउने म्यानपावर पनि नविकरण गर्ने सरकारको निर्णय

एक सय कामदार नपठाउने म्यानपावर पनि नविकरण गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले एक आर्थिक वर्षमा १ सय कामदार नपठाउने म्यानपावर कम्पनीको पनि लाईसेन्स नविकरण गर्ने भएको छ ।

laxmi

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मेनपावर कम्पनी नविकरणका लागि लगातार दुई बर्षसम्म बार्षिक एकसय कामदार पठाउनुपर्ने प्रावधान तत्कालका लागि हटाएर आर्थिक बर्ष २०७७÷७८ का लागि नविकरण गर्न दिने निर्णय गरेको हो ।

तर सरकारले तत्कालका १ सय कामदार नपठाएपनि नविकरण गर्न दिएपनि २०७८ असार मसान्तसम्ममा २ सय कामदार पठाउनु पर्ने व्यवस्था गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
अहिले संचालनमा रहेका ८ सय ५३ मेनपावरमध्ये १ सय कामदार पठाउन नसकेका मेनपावर ३ सय ८० वटा रहेका छन । सरकारको यो निर्णयसँगै ठुलो संख्याका मेनपावर कम्पनी खारेज हुनबाट जोगिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL