Logo

कतारका राजदूतद्वारा आर्थिक कुटनीतिलाई प्राथमिकता, रोजगारीमा दक्ष जनशक्ति पठाउन आग्रह

कतारका राजदूतद्वारा आर्थिक कुटनीतिलाई प्राथमिकता, रोजगारीमा दक्ष जनशक्ति पठाउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता । नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अलि अल हमरले नेपाल र कतारबीचको आथिर्क तथा व्यापारिक सम्बन्ध अभिबृद्धिका लागि आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीच आर्थिक सम्बन्ध बढाउन निजी क्षेत्रसँगको सम्बन्ध अभिबृद्धि गरिनुपर्ने बताएका छन् ।
कार्यक्रममा राजदूत हमरले कतारमा उच्चस्तरीय सीप भएको जनशक्तिको माग रहेकोले त्यसबाट नेपालले पनि फाइदा लिन सक्नुपर्ने बताए । ‘हाल नेपालबाट कतारमा अदक्ष (लेवर) जशक्ति गएका छन्,’ उनले भने, ‘आगामी दिनमा दक्ष जनशक्ति पठाएर बढी लाभ लिन सक्नुपर्छ ।’ सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कतारका लगानीकर्ता नेपालमा लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । साथै, कतारका जनताले नेपालमा जलस्रोत तथा पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाले त्यस सम्वनधमा सहजकर्ताको भूमिका निर्वाह गरिदिन समेत राजदूत हमरलाई अग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL