Logo

८ महिनामा ३ लाख ६४ हजार विदेशीय, मलेशियमा मात्र साढे १ लाख पुगे

८ महिनामा ३ लाख ६४ हजार विदेशीय, मलेशियमा मात्र साढे १ लाख पुगे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ फागुन, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ३ लाख ६४ हजार ७ सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५८ हजारभन्दा बढी हो । गत आवको सोही अवधिमा नेपालबाट ३ लाख ६ हजार नेपाली कामादार वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आवको तुलनमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि चालू आवको फागुन महिनामा भने सो क्रम घटेको छ । गत आवको फागुन महिनामा ४८ हजार ५ सय कामदार वैदेशिक रोजगारीमा गएकोमा चालू आवको फागुनमा ४४ हजार ६ सय मात्र गएको तथ्याङ्कमा उल्लेख छ । चालू आवको साउन र पुसमा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको थियो ।

चालू आवको ८ महिनामा सवैभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । सो अवधिमा १ लाख ५२ हजारभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । यस्तै, दोस्रो बढी कामदार कतारको रोजगारीमा पुगेका छन् । विभागको तथ्याङ अनुसार झण्डै ८५ हजार कामदार रोजगारीका लागि कतार गएका छन् ।

यसैगरी, साउदी अवरमा ६७ हजार कामदार रोजगारीका लागि पुगेका छन् भने संयुक्त अरव इमिरेट्समा ३७ हजार कामदार रोजगारीका लागि गएका छन् । नेपाली कामदारको पाँर्चौ रोजगाइमा भने कुवेत रहेको छ । विभागको तथ्याङ्क अनुसार ८ महिनामा ६ हजार ६ सय कामदार कुवेत पुगेका छन् । चालू आवको ८ महिनामा साढे ३ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएपनि महिला कामदारको संख्या भने १५ हजार ९ सय जनामात्र रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL