Logo

सेल्स एण्ड मार्केटिङ्मा रोजगारीको अवसर बढ्दै

सेल्स एण्ड मार्केटिङ्मा रोजगारीको अवसर बढ्दै


रामराजा श्रेष्ठ
27
Shares

कुनै पनि कम्पनीको उत्पादन तथा ब्राण्ड बेच्न मार्केटिङ्को आवश्यकता पर्दछ । बजारिकरण विना कुनै वस्तु तथा सेवाको उत्पादन गरेर मात्र विक्री हुदैन । कुनै पनि कम्पनीले आप्mनो वस्तु वा सेवा विक्रीको लागि बजारीकरण गरिहेका हुन्छन् । पछिल्लो समय उद्योगी व्यवसायीहरु बीच नै आफुले उत्दान गरेको समान बजारमा बेच्न होडवाजी चलिरहेको छ । पछिल्लो समय उद्योगी व्यवसायले आफुले उत्पादन गरेको वस्तु तथा सेवाको विक्री र सोको वारेमा तल्लो स्तरसम्म जानकारी पु¥याउन दक्ष र अनुभवी कर्मचारी राख्ने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य तथा रोजगारदाता परिषद्का उपसभापति मनिषकुमार अग्रवाल बताउँछन् । ‘पछिल्लो समय धेरै व्यवसायीले उस्तै÷उस्तै खालका वस्तु तथा सेवा उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘ती वस्तु तथा सेवालाई बजारमा प्रतिस्प्रर्धा गर्नको लागि पनि मार्केटिङको आवश्यकता छ ।’ केही सयम अधि विशेषगरी औषधी उत्पादक कम्पनी, खाद्य उद्योग, बैङ्क, फाइनान्सजस्ता कम्पनीले आप्mना वस्तु तथा सेवा विक्रीको लागि सेल्स म्यान तथा मार्केटिङ गर्ने कर्मचारी राख्ने गरेका थिए । तर, पछिल्लो समय देशमा रहेका हरेक कम्पनी तथा उद्योगी व्यवसयीले आफ्नो वस्तु तथा सेवाको बजारिकरण गर्न मार्केटिङ गर्ने कर्मचारी राख्ने गरेको अग्रवाल बताउँछन् ।
पछिल्लो समय स्कुल तथा कलेज, कम्प्यूटर तथा सुचना प्रविधि कम्पनी, उत्पादन मुलक कम्पनी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी निकाय र विकाश साझेदार कम्पनी, आयात निर्यात कम्पनी, सप्mटवेयर निर्माण कम्पनी, होटल रेष्टुराँ तथा म्यानपावर कम्पनीले आप्mनो वस्तु तथा सेवाको वारेमा बजारिकरण गर्न मार्केटिङ तथा सेल्सम्यान राख्ने गरेका छन् । रोजगार प्रदान गर्ने विभिन्न संघसंस्थाहरुको तथ्याङक अनुसार पनि बस्तु तथा सेवा विक्री गर्न बढी कामदार माग गरेको देखिएको छ । तीमध्ये सवै भन्दा बढी कर्मचारी सुचना प्रविधि सेवा प्रदाय कम्पनीले माग गरेको छ । केही समय यता आयात÷निर्यात गर्ने कम्पनीले आप्mना बस्तु तथा सेवाको वारेमा सेवाग्राहीलाई जानकारी दिन त्यससँग सम्बन्धित कर्मचारी राख्ने क्रम बढेको छ । तर, त्यस्ता क्षेत्रमा काम गर्न पढाइ तथा अनुभव दुवैको बढी महत्व रहने अग्रवाल बताउँछन् ।
पछिल्लो समय म्यानपावर कम्पनीमा पनि बजरिकरणको बढी महत्व रहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘विभिन्न देशमा रहेको कामदार मागपत्र (विदेशका रोजगारदाता कम्पनीलाई चाहिएको कामदार) को वारेमा नेपालको विभिन्न भु–भागमा रहेका जनतालाई बुझाउनु पर्दछ,’ एक म्यानपार व्यवसायीले भने, ‘सो कार्यको लागि मार्केटिङको महत्वपूर्ण भुमिका रहन्छ ।’ पछिल्लो समय म्यानपावर व्यवसायीबीच विदेश जाने कामदारलाई आप्mनो कम्पनीमा तान्ने होडवाजी चलेको छ । सो कार्यका लागि त्यससँग सम्बन्धित कर्मचारी राख्ने क्रम बढेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL