Logo

वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो, ५ महिनामा सवाँ २ लाख विदेशिए

वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो, ५ महिनामा सवाँ २ लाख विदेशिए


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा २५ प्रतिशतले बृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा कुल २ लाख २५ हजार ९ सय जना कामदार वैदेशिक रोजगारीमा पुगेका छन् । तर, गत आवको सोही अवधिमा कुल १ लाख ७० हजार ७ सय कामदार वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५५ हजारले बढी हो ।

चालू आवको ५ महिनामा सवैभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । सो अवधिमा मलेशियामा १ लाख ६ सय कामदार पुगेका छन् । पछिल्लो समय मलेशियन सरकारले विदेशी कामदाको न्युनतम तलव बृद्धि गरेर ९ सय पु¥याएपछि उक्त देशमा जाने नेपाली कामदारको संख्या बढेको हो ।

त्यसैगरी, कतारको रोजगारीमा कुल ५१ हजार ७ सय नेपाली कामदार रोजगारीका लागि पुगेका छन् भने साउदी अरवको रोजगारीमा ३६ हजार ३ सय जना कामदार पुगेका छन् ।
नेपाली कामदारको चाथो रोजाइमा संयुक्त अरव इमिरेट्स परेको छ । यएईमा सो अवधिमा कुल २३ हजार २ सय कामदार पुगेका छन् ।

चालू आवको ५ महिनामा कुल २ लाख २५ हजार कामदार विदेशिएकोमा महिला कामदारको संख्या १० हजार ३ सय रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL