Logo

युके स्कील्स सेसनमा नेपालको सहभागिता, रोजगारदाताका समस्या समाधानमा जोड

युके स्कील्स सेसनमा नेपालको सहभागिता, रोजगारदाताका समस्या समाधानमा जोड



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीइभीटी) र उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का प्रतिनिधि युके स्कील्स सेमिनारमा सहभागी भएका छन् । सेमिनारमा सीटीइभीटीका तर्फबाट सदस्यसचिव जिवराज काफ्ले र महासंघका तर्फबाट रबीन कुमार श्रेष्ठ सहभागि भएका हुन् ।

युके स्कील्सले दक्ष कामदार उत्पादनका लागि विभिन्न देशसँगको सहकार्यमा सेमिनारहरुको आयोजना गर्दै आएको छ । सेमिनारको पहिलो दिन रोजगारदाताका समस्या समाधानका बिषयमा छलफल गरिएको थियो । जसमा दिर्घकालिन र हरित व्यापार विकासमा रोजगारदाताहरुको योगदानलाई जोड दिईएको थियो ।

उक्त सेसनमा रोजगारदाताले श्रमिकका लागि आवश्यक हरित पेशा उत्पादनका लागि प्रविधि क्षेत्रमा लगानीका बारेमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL