Logo

स्विजरल्याण्डको नेपाललाई ८६ करोड आर्थिक सहयोग, विदेशबाट फर्किएका कामदारमाथि लगानी गरिने

स्विजरल्याण्डको नेपाललाई ८६ करोड आर्थिक सहयोग, विदेशबाट फर्किएका कामदारमाथि लगानी गरिने



काठमाडौं । स्विस सरकारले नेपाल सरकारलाई ६८ लाख डलर (हालको विनिमय दर अनुसार ८६ करोड १३ लाख रुपैयाँ) बराबर सहयोग गर्ने सम्झौता गरेको छ ।

नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयस्थित अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र नेपालका लागि स्विजरल्याण्डका राजदूत सिल्वाना होग चार्जी डीले नेपाललाई सहायता गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्राप्त हुने ८६ करोड १३ लाख रुपैयाँ वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूलाई विभिन्न व्यवस्थासहित सहयोग गरिने बताईएको छ । नेपालमा पुनः स्थापित भई सामाजिक, साँस्कृतिक, आर्थिक लगायतका क्षेत्रमा सक्रिय सहभागिता जनाउने परियोजना सञ्चालनका लागि उक्त रकम खर्च गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL