Logo

केपी ओली भन्छन्, कामदार ठगी गरेको उजुरी पार्टी उच्च तहसम्म आउन थाल्यो, देश विकास गर्न युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ

केपी ओली भन्छन्, कामदार ठगी गरेको उजुरी पार्टी उच्च तहसम्म आउन थाल्यो, देश विकास गर्न युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैदेशिक रोजगार व्यवसायमा ठगी बढ्दै गएको बताएका छन् । ‘पछिल्लो समय नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएर अलपत्र पारेको तथा बढी पैसा लिएको उजुरी पार्टीको उच्च तहमै आउन थालेका छन्,’ विहिबार प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको प्रथम वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘आगामी दिनमा व्यवसायीहरुले कामदारलाई अलपत्र पार्ने प्र्रबृतिलाई त्याग्नु पर्छ ।’

पछिल्लो समय दैनिक १ हजार ५ सयभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा गएको बताउँदै आगामी दिनमा ती युवाहरुलाई स्वदेशकै रोजगारीमा लगाउनु पर्ने जानकारी दिए । ‘देशका उर्जाशिल युवाहरुलाई राष्ट्र निर्माणमा लगाउनु पर्ने त्यसलाई राज्यले सम्बोधन गर्न सकने,’ उनले भने, ‘युवाहरुलाई स्वदेशमै रोजगारीमा नलगाइकन देशले आर्थिक रुपमा गति लिन सक्दैन ।’ देशको अर्थतन्त्र रेमिट्यान्सबाट चलिरहे पनि युवाहरु वैदेशिक रोजगारीमा जाँदा यसले दिर्घकालमा अर्थतन्त्रमा नकारात्मक असर पार्ने उनको भनाइ थियो ।

2

कार्यक्रममा श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगार व्यवसायीहरु एक आपसमा नमिल्दा व्यवसायनै बदनाम बन्न पुगेको बताए । ‘पछिल्लो समय व्यवसायीहरुले अस्वस्थ्य प्रतिस्पर्धा गरेर विदेशबाट महङ्गोमा भिसा किनेर ल्याइरहेका छन्,’ उनले भने, ‘यसको असर वैदेशिक रोजगारीमा जाने कामदारका साथै समग्र व्यवसाय माथी नै परिरहेको छ ।’ आगामी दिनमा व्यवसायीहरु एक भएर सस्तो लागत खर्चमा कामदारलाई बैदेशिक रोजगारीमा पठाउनु पर्ने उनको भनाइ थियो ।

यस्तै पछिल्लो समय वैदेशिक रोजगार ऐन तथा नियमावली संसोधनको क्रममा रहेको बताउँदै आगामी दिनमा यसलाई पनि समयसापेक्ष बनाइने जानकारी दिए । उक्त ऐन परिमार्जन भएसँगै वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले व्यवसायलाई मर्यादित र व्यस्थित बनाउन सम्पूर्ण व्यवसायीहरु एक भएर अघि बढ्न् सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL