Logo

एसईईको अन्तिम मूल्यांकन पठाउन सबै विद्यालयहरुलाई निर्देशन, यसरी पठाउन सकिन्छ विद्यार्थीहरुको मूल्यांकन

एसईईको अन्तिम मूल्यांकन पठाउन सबै विद्यालयहरुलाई निर्देशन, यसरी पठाउन सकिन्छ विद्यार्थीहरुको मूल्यांकन



काठमाडौं । सरकारले नेपालभरका विद्यालयहरुलाई आफ्ना विद्यार्थीहरुको अन्तिम मूल्यांकन पठाउन निर्देशन दिएको छ । राष्ट्रिय परिक्षा बोर्डले कोरोना भाईरसको महामारीका कारण एसईई परिक्षा दिन नपाएका विद्यार्थीहरुको अन्तिम मूल्यांकन बुझाउन निर्देशन दिएको हो । जेठ २८ गतेको मन्त्रिपरिषदको बैठकले विद्यालयको अन्तिम मूल्यांकनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको थियो ।

सोही अनुसार अन्तिम मूल्याङ्कन विवरण सम्बन्धित विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन निर्देशन दिईएको हो । यसपश्चात सम्बन्धीत शिक्षा विकाश तथा समन्वय इकाइहरुले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले आवश्यक कार्यविधि निर्माण गरी परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त निर्णय स्वीकृत गरेको हो । सोही अनुसार विद्यार्थीहरुले प्राप्त गरेको अन्तिम प्राप्ताङ्क पठाउनु पर्ने भएको छ ।

विद्यालयहरुले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सक्नेछन् । विद्यालयहरुले अनिवार्य रुपमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी अन्तिम मूल्यांकन विवरण तयार गर्नु पर्नेछ।

अन्तिम प्राप्तांक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाईट वाट आ आफ्नो विद्यालय का कोड राबी डाउनलोड गरेको एक्सेल पम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमशः इन्ट्री गरी मूल्यांकन समिति द्वारा तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका (मार्क लेजर) आषाढ २० गते भित्र अनिवार्य रुपमा शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्नेछ। ४ शिक्षा विकास तथा समन्वय इकाइ हरुले विद्यालय बाट प्राप्त प्राप्तांक विवरण र मूल्याइकन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिका (मार्क लेजर) भिडाई प्रयोगात्मक र शैद्धान्तिक अट्क भरे नभरेको, पूर्णाङ्कबुझाउनुपर्नेछ ।

एक प्रति विद्यालय कोडको क्रममा मिलाई आषाढ़ ३० गते भित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० म छिटो साधनद्वारा पठाउनु पर्नेछ । आवेदन फाराममा भएको विवरण सिम्बोल नम्बर, नाम धर, जन्ममिति तथा ऐच्छिक विषयहरु फरक परी सच्याउनु परेमा शिक्षा विकास तथा समन्वय इकाइ मार्फत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सम्पर्क गर्ने तथा प्राप्ताङ्क इन्ट्री गर्ने क्रममा कुनै प्राविधिक समस्या उत्पन्न भएमा सम्बन्धित शिक्षा विकास तथा समन्वय

प्रतिक्रिया दिनुहोस्
MBL