Logo

अन्तरराष्ट्रिय स्तरको शैक्षिक सुविधा दिदै यूनिग्लोब, प्रयोगात्मक पक्षमा जोड दिइने

अन्तरराष्ट्रिय स्तरको शैक्षिक सुविधा दिदै यूनिग्लोब, प्रयोगात्मक पक्षमा जोड दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ असार,काठमाडौं ।  व्यवस्थापन संकायको अध्ययनका लागि देशकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित ग्लोबल कलेज अफ म्यानेजमेन्टको भगिनी संस्थाको रुपमा यो कलेज (युनिग्लोव उ.मा.वि.\ कलेज) संचालन भएको हो । नेपालमा विज्ञान, प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञ, अर्थविद् र शिक्षाविद्हरुद्वारा संचालित यो कलेज  काठमाडौंको  कमलादी,गणेशस्थानसँगै छ ।

यस कलेजले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएर उच्च मा.वि. तहमा विज्ञान र व्यवस्थापन संकायमा दश जोड दुई (+२) का कक्षाहरु संचालन गरेको छ । कलेज लेवलमा यहाँ बि.बि.ए. र एम.बि.ए. तहको पढाई हुन्छ ।

colz--

 

विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानमा पारङ्गत बनाउन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सुविधायुक्त वातावरण उपलब्ध गराई भविष्यमा सबल एवम् सफल वैज्ञानिक, सोधकर्ता, डाक्टर, इन्जिनियर, पाईलट, व्यवस्थापक, होटल म्यानेजर, पर्यटन व्यवसायी उद्योगपति साथै सफल व्यापार प्रवद्र्धक एवम् दक्ष प्राविधिकहरु उत्पादन गर्ने लक्ष्यमा यो कलेज केन्द्रित छ ।

यस संस्थाबाट उत्पादित जनशक्तिहरु स्वदेश वा विदेशमा उच्च प्रतिस्पर्धाबाट खरो उत्रन सक्ने ज्ञान, क्षमता र गुणबाट सिंचित हुन्छन् । राष्ट्रको आवश्यकता, जनताको गुणस्तरीय जीवनयापन र उच्च प्राज्ञिक चाहनालाई महसुस गर्दै यस कलेजका व्यवस्थापन समूहले विभिन्न कलेज र स्कुलहरु संचालन गरी प्राज्ञिक सफलतामा खरो उत्रिसकेको छ । हाल यस समूहद्वारा चारवटा कलेज र दुईवटा स्कुल संचालनमा छन भने भविष्यमा समाजको चाहना अनुरुप शैक्षिक बढोत्तरी गरिने छ ।

footsal
गुणस्तरीय सर्वाङ्गीण व्यवस्थापनबाट मात्रै सही परिणाम हासिल गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास राख्ने यस ग्लोबल टिमसँग दक्ष जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक प्रविधिको प्रयोग स्वस्थ तथा शान्त वातावरणलाई मध्यनजर राखेर यस समूहले शैक्षिक क्षेत्रमा “फाइभ स्टार” स्तरका सेवाहरु प्रदान गर्दै आएको छ ।
शान्त परिसरमा अवस्थित विशाल अनि सुन्दर कलेज भवनमा विद्यार्थीहरुको रुचिलाई ध्यानमा राखी शैक्षिक मैत्री वातावरणमा अध्यापन गराइन्छ ।

युनिग्लोव कलेजका प्रिन्सिपल डा.करण सिंह ठगुन्नाका अनुसार, विद्यार्थीहरुको चौतर्फी विकासका लागि यहाँ प्रयोगात्मक, व्यवहारिक र सामाजिक ज्ञानलाई पनि पाठ्यक्रमसँग लैजाने गरिएको छ । त्यतिमात्र नभई कठिन विषयहरुमा विद्यार्थीहरुलाई अतिरिक्त कक्षा,सेमीनार, नियमित गृहकार्य परीक्षण, प्रत्येक एकाइपछि केस स्टडी, पसर्नल केयर, जीवन केन्द्रित र विद्यार्थी केन्द्रित ज्ञानका अलावा नियमित प्रोजेक्ट वर्क पनि गराइन्छ ।

समय समयमा विज्ञान प्रदर्शनी, वर्कसप, अन्तरक्रिया,निबन्ध प्रतियोगिता, फिल्ड भिजिटका साथै विश्वव्यापी रुपमा विज्ञान तथा प्रविधिको क्षेत्रमा आएका परिवर्तनहरु बारे छलफल कार्यक्रम पनि आयोजना गरिन्छ । कलेजमा अध्ययनरत विद्यार्थीहरु कलेजमा हुने आन्तरिक र बाह्य अतिरिक्त शैक्षिक क्रियाकलापहरुमा नेतृत्वदायी रुपमा सहभागिता जनाउने गरेका छन् । कलेजले वर्षभरि नै विभिन्न खेलकुदका कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ,जसले गर्दा विद्यार्थीहरुको शारीरिक एवं
मानसिक स्वास्थ्य चुस्त दुरुस्त भइ अध्ययनमा मन लगाउने छन् ।

‘हामी नविनतम प्रविधिको अभ्यास गराउछौं ’

Untitled

करण सिंह ठगुन्ना

युनि  ग्लोब उच्च मा.वि

वर्तमान प्रतिस्पर्धात्मक बजारमा राम्रो सुविधायुक्त शैक्षिक संस्थाको स्थापना गर्नु निकै चुनौतीपूर्ण छ । यसलाई मध्यनजर राख्दै युनिग्लोबल कलेजले उच्च लगानीमा सम्पूर्ण भौतिक र शैक्षिक पूर्वाधार तयार पारेको छ ।
अत्याधुनिक कक्षा कोठा, उत्कृष्ट शिक्षण प्रविधि, अनुभवी र दक्ष शैक्षिक जनशक्ति यस कलेजका मुख्य विशेषताहरु हुन् ।

विद्यार्थीहरुको अध्ययन वातावरणलाई थप प्रभावकारी बनाउन कलेजले सबै कक्षाकोठा, ल्याब, क्यान्टिन, सेमिनार हल, पुस्तकालयमा एसीको व्यवस्था गरेको छ ।

सुविधासम्पन्न कम्प्यूटर ल्याब, पर्याप्त संख्यामा ब्राण्डेड कम्प्यूटरहरु, तिब्र गतिको वाइफाई सुविधाले विद्यार्थीहरुलाई थप सुविधा प्रदान गरेको छ । यहाँ ई –पुस्तकालयको माध्यमद्वारा विद्यार्थीहरुलाई पर्याप्त मात्रामा ई पुस्तक उपलब्ध गराईन्छ । लोडसेडिङ्गको समयमा पनि वत्तीको व्यवस्था, सम्पूर्ण कक्षाकोठामा सीसीटिभी जडान, प्रोजेक्टर, गुणस्तरीय बोर्डहरुको व्यवस्थाले विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण मिलेको छ ।

कलेजलाई विज्ञान र व्यवस्थापन अध्ययनको एक सम्पूर्ण थलोका रुपमा स्थापित गर्न व्यवस्थापन समूह कटिवद्ध रहेको प्रिन्सिपल डा. ठगुन्ना बताउनुहुन्छ । बदलिँदो वैज्ञानिक परिवेश, देशलाई विज्ञान, प्रविधि र व्यवस्थापनको क्षेत्रमा आवश्यक ज्ञान र जनशक्ति लगायतका कुरालाई उच्च प्राथमिकतामा राखेर यस कलेजले साइन्स, इन्जिनियरिङ, इन्फरमेशन टेक्नोलोजी र बिजनेस स्टडिज जस्ता विषयहरुलाई दैनिक जीवनको अभिन्न अंगको रुपमा लागू गराउने प्रयत्न गरेको छ ।

विश्वव्यापीरुपमा विज्ञान र प्रविधिको क्षेत्रमा भएका विकासको अध्ययन गरी प्राकृतिक विविधता भएको हाम्रो देशमा उपयुक्त प्रविधिको अध्ययन गरि विद्यार्थीहरुलाई अध्ययन गराइन्छ, ताकि यहाँ उत्पादन भएका जनशक्ति अन्य मुलुक जानु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्
MBL