Logo

जानकी मेडिकल कलेज संचालन गर्न शिक्षाको निर्देशन, तत्काल संचालनमा नआए कारवाही

जानकी मेडिकल कलेज संचालन गर्न शिक्षाको निर्देशन, तत्काल संचालनमा नआए कारवाही


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ जेठ, काठमाडौं । शिक्षा मन्त्रालयले जानकी मेडिकल कलेज संचालनका लागि निर्देशन दिएको छ । विभिन्न निकायले संचालनको लागि पटक–पटक निर्देशन दिएपनि कलेजले अटेर गरेपछि मन्त्रालयले १ हप्ताभित्र संचालन गर्न पुनः निर्देशन दिएको हो ।

कलेजले २०६९ फागुनमा मेडिकल कलेज संचालनका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो । त्यसयता चिकित्सा शास्त्र अध्ययन संस्थानले कलेजलाई पठनपाठन सुचारु गराउन पटकपटक निर्देशन दिएपनि कलेजले वेवास्ता गर्दै आएको छ ।

कलेजले पठनपाठन सुचारु नगरेपनि विद्यार्थी भर्ना गरेर अविभावकसँग पैसा लिएको थियो । यदि १ हप्ताभित्र कलेज संचालन नगरेमा सम्पूर्ण विद्यार्थीको पैसा फिर्ता गरेर कलेजलाई आवश्यक कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL