Logo

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बोर्डले कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।
नतिजा नेपाल टेलिकम, बोर्डको वेबसाईट, र एडुसंजालको वेबसाईटमार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL