Logo

अनलाइन कक्षाको अनुभव सेयर गर्दा १०० रुपैयाँ पाईने, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार

अनलाइन कक्षाको अनुभव सेयर गर्दा १०० रुपैयाँ पाईने, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार



काठमाडौं । अनलाईनमार्फत नेपालका विद्यार्थी र सिक्षकहरुलाई जोड्दै आएको वेद सिस्टमले हातहातमा शिक्षा नामक अभियान सार्वजनिक गरेको छ । ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्याउँदै आएको वेद सिस्टमले आकर्षक उपहारसहितको उक्त अभिपयान सार्वजनिक गरेको हो ।

laxmi

अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने बताएको हो ।

कम्पनीको हातहातमा शिक्षा अभियान सामाजिक सञ्जाल फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्ने बताईएको छ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरेको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

उक्त योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव सेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

कसरी सहभागी हुने ?

  • यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभव सहितको भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ ।
  • यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।
  • वेदको फेसबुक पेज https://www.facebook.com/tryveda_लाइक तथा फलो गर्नुपर्नेछ ।
  • भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।

यस्ता छन्, उपहार

  • वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
  • फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स ।
  • न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ ।
  • साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार ।
  • हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद ।

प्रतिक्रिया दिनुहोस्
MBL