Logo

गड्डाचौकी भन्सारको राजस्व साढे ३६ करोड मात्रै, विषादी परीक्षणका कारण लक्ष्य भेटाउन सकिएन

गड्डाचौकी भन्सारको राजस्व साढे ३६ करोड मात्रै, विषादी परीक्षणका कारण लक्ष्य भेटाउन सकिएन



काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा ३६ करोड ६७ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । आव ०७५/७६ मा ४० करोड १२ लाख ६२ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले ३६ करोड ६७ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ ।

आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजस्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताएका छन ।

विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजस्वमा गिरावट आएको प्रमुख भन्सार अधिकृत अधिकारीको भनाई रहेको छ । उनका अनुसार विगतको भन्दा राजस्व सङ्कलनको दायरा पनि बढ्दै गएको छ ।

अघिल्लो आवमा भन्सार कार्यालयले ३२ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको) अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिट्ठा निर्यात हुने गरेको छ ।

गड्डाचौकीपारि भारतको सिमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुँदा पनि यहाँबाट निकासी कम हुने गरेको अधिकारीले बताएका छन । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL