Logo

विश्वका धनीको सूचीबाट १ स्थान पछि धकेलिए बील गेट्स, पहिलोमा जेफ बेजोस नै

विश्वका धनीको सूचीबाट १ स्थान पछि धकेलिए बील गेट्स, पहिलोमा जेफ बेजोस नै



काठमाडौं । माईक्रोसफ्टका मालिक बील गेट्सको विश्वकै दोस्रो धनी भन्ने टाईटल अब खोसिएको छ । विलासिताका सामाग्री उत्पादन गर्ने कम्पनी ‘एलभिएमएच’का सिईओ बर्नार्ड आरनल्टको कमाई उकालो लागेपछि बील गेट्सको टाईटल खोसिएको हो ।

बर्नार्ड आरनल्टको सम्पती हाल १ सय ८ बिलियन डलर रहेको छ भने बील गेट्सको सम्पत्ती हाल १ सय ७ बिलियन डलर रहेको छ । ब्लुमबर्ग ईनडेक्सका अनुसार मंगलबार फ्रान्सेली अर्बपति आर्नल्टलाई विश्वकै दोस्रो धनी व्यक्तिका रुपमा घोषणा गरिएको हो ।

७० बर्षिय आर्नल्टको कम्पनी एलभिएचएमले विश्व प्रशिद्ध लक्जरियस ब्राण्डहरुलाई नियन्त्रण गर्दछ । यो बर्षको सुरुवातमै नोट्रे ड्याम क्याथड्रलको पुनर्निर्माणका लािग २ सय २४ मिलियन अमेरिकी डलर दान गरेपछि आर्नल्ट प्रख्यात भएका थिए ।

बील गेट्सको कम्पनीले दान नदिएको भए बील गेट्स अझै पनि विश्वकै धनीको पहिलो स्थानमा आउन सक्ने ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार उनको कम्पनीले बील एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका लागि ३५ बिलियन डलर दान दिएका छन ।

यस्तै एमेजोनका सिईओ जेफ बेजोस भने विश्वकै धनीको पहिलो स्थानमै रहेका छन । उनको हालको सम्पत्ती १ सय २५ बिलियन डलर रहेको अन्तरराष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL